पाकिस्तानको आग्रहमा युद्धविराम भएको हो, अमेरिकी मध्यस्थताले होइन : भारत

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ३१ ।    भारतले पाकिस्तानको आग्रहमा युद्धविराम भएको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले साप्ताहिक पत्रकार सम्मेलनका क्रममा मंगलबार अमेरिकासँग युद्धविरामका विषयमा कुनै छलफल नभएको बताएका छन्।

‘पाकिस्तानसँग युद्धविराम गर्नेबारे मध्यस्थता गर्न अमेरिकासँग कुनै छलफल भएको छैन,’ प्रवक्ता जयसवालले भने। पाकिस्तानी सेनाको आग्रहमा युद्धविराम भएको उनले बताएका छन्। ‘मे १० मा जब भारतले पाकिस्तानको एयरबेसमा आक्रमण गर्‍यो। त्यसपछि पाकिस्तानको उच्चस्तरीय आयोगले १२ः३७ मा भारतको विदेश मन्त्रालयमा आग्रह पठायो। पाकिस्तानको डीजीएमओले पनि भारतसँग सम्पर्क बनाउने प्रयास गर्‍यो । प्राविधिक कारणले त्यतिबेला सम्पर्क हुन सकेन। ३ः३० बजे दुवै देशका डीजीएमओबीच कुराकानी भएपछि युद्धविराम गरिएको हो,’ उनले भने।

तपाईंको प्रतिक्रिया

थप खबर