पाँच संसदीय समितिको बैठक बस्दै, के–के छन् कार्यसूची ?

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ३० ।   आज (शुक्रबार) पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफल गर्ने कार्यक्रम छ । बैठक बिहान ११ बजे सुरु हुनेछ ।

बिहान ११ः३० बजे बस्ने उद्योग वाणिज्य समितिमा ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषय विज्ञसँग छलफल गर्ने कार्यसूची छ । कृषि, सहकारी समितिमा हिन्द कुश हिमालयन पार्लियामेन्ट मिट–२०२५ सम्मेलनको हालसम्मको तयारीका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । बैठक बिहान ११ बजे सुरु हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर