पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २३।  संघीय संसदअन्तर्गत आज (शुक्रबार) पाँच वटा संसदीय समितिको बैठक बस्दै छ ।

अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति, सार्वजनिक लेखा समिति र संयुक्त समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसद र विज्ञसँग छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिबाट भएका स्थलगत अनुगमनका प्रतिवेदनमाथि छलफल हुनेछ । बैठक मध्याह्न सवा १२ बजे बस्नेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी विद्यमान कानुनी जटिलता सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान ९ बजे बस्नेछ ।

सार्वजनिक लेखा समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा बेरुजुको आयतन उच्च भएका दश मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर