पाँच प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ–कहाँ पर्ला पानी ?

  जेठ १३, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १२ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन्।

साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले आज(सोमबार) बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ। महाशाखाको वेभसाइटमा उल्लेख भए अनुसर झापाको शनिश्चरे र इलामको बरफल्याङमा एक घण्टामा ५ मिलिमिटर वर्षा भएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर