पाँच दिन पछि अवकासमा जाँदै गरेका सचिवसँग उर्जामन्त्रीको एक वर्षे कार्यसम्पादन सम्झौता

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ११ ।   ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसँग आर्थिक–२०८२ र ८३ को कार्यसम्पादन सम्झौता गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र मन्त्रालय अन्तर्गतका तीन सचिवबीच तथा सचिव र महानिर्देशकबीच आज मन्त्रालयमा सम्झौता भएको हो।

ऊर्जा मन्त्रालयमा आज भएको कार्यक्रममा मन्त्री खड्का र ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी र जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव दिनानाथ मिश्रबीच सम्झौता भएको हो।

ऊर्जामन्त्री दीपक खड्काले पाँच दिनपछि घर जान लागेका सचिवसँग पनि उनले सम्पादन गर्नुपर्ने कार्यहरूको सूचीसहित सम्झौता गरेका छन्। ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अवकाशमा जाँदैछन्। कतिपय प्रशासकले त अवकाशको मुखमा एक दिनअघि भए पनि राजीनामा दिने प्रचलन छ।

तपाईंको प्रतिक्रिया

थप खबर