मिडियाबाजी डटकम काठमाडौँ, साउन २। अमेरिकाले ठूलो कदम चाल्दै पाकिस्तानस्थित आतंकवादी संगठन लश्कर–ए–तैयबासँग सम्बन्धित द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) लाई विदेशी आतंकवादी संगठन घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार यो जानकारी दिए ।
रुबियोले भने, ‘यो कारबाहीले राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलगाम आतंकवादी हमलाको न्याय प्राप्त गर्ने प्रतिबद्धतालाई देखाउँछ ।’ यो त्यही संगठन हो जसले अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको जिम्मेवारी लिएको थियो। यस आक्रमणमा २६ जनाको मृत्यु भएको थियो ।