मिडियाबाजी डटकम काठमाडौँ, जेठ १ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ७.३७ अंकले घटेर २६१२.८९ को विन्दुमा कायम भएको छ ।
यसदिन ३२० कम्पनीको १ करोड ७४ लाख २३ हजार सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ३३ लाख बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सोल्टी होटल ४६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि राधि विद्युत कम्पनीको ४४ करोड १७ लाख रुपैयाँ र युनिभर्सल पावरको ३३ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
ओम मेगा श्रीका लगानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले कमाउँदा दोस्रोमा बराही हाइड्रोपावरका लगानीकर्ताले ८.७७ प्रतिशतका दरले कमाएका छन् ।
कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९.१० प्रतिशतका दरले गुमाएका छन् ।