मिडियाबाजी डटकम काठमाडौँ, असार २ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ को विन्दुमा कायम भएको छ ।
यसदिन ३१८ कम्पनीको २ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड माथिको सेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावरको ९५ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि ङादी ग्रुप पावरको ९० करोड ३१ लाख रुपैयाँ र बुटवल पावर कम्पनीको ५८ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज पियोर इनर्जीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै पिपुल्स पावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.३७ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ७.५८ प्रतिशतका दरले गुमाएका छन् ।