मिडियाबाजी डटकम काठमाडौँ, असार ४ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १.०७ अंकले घटेर २६५३.६८ को विन्दुमा कायम भएको छ ।
यसदिन ३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ ।
आज पियोर इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । त्यसपछि जोशी हाइड्रोपावर कम्पनी र यूनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले समान ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन सर्वाधिक गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । यस बैंकका लगानीकर्ताले आज १० प्रतिशतका दरले गुमाएका छन् ।
सानिमा माई हाइड्रोपावरको सबैभन्दा धेरै ७१ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रोमा सिंगटी हाइड्रोको ६१ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।