नेप्सेमा १३.८४ अंकको गिरावट, ८ अर्ब ७३ करोडको कारोबार

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ३१ ।   साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक १३.८४ अंकले घटेर २६२०.३९ को विन्दुमा कायम भएको छ । 

आज नेप्सेमा कारोबार भएका ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको सेयर मूल्य भने घटेको छ । यस दिन ३१५ कम्पनीको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यसदिन सबैभन्दा धेरै राधि विद्युत कम्पनीको ५९ करोड ३२ लाख रुपैयाँको सयर कारोबार भएको छ । त्यसपछि युनिभर्सल पावरको ५१ करोड ४९ लाख रुपैयाँ, क्रेष्ट माइक्रो लाइफको ५१ करोड ३२ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४८ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

ओम मेगा श्रीका लगानीकर्ताले सबैभन्दा धेरै ९.९८ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता १० प्रतिशतका दरले गुमाएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर