नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने साढे ६ अर्बमा झर्‍यो

  जेठ १४, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १३ ।  साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा कारोबार भएका ८५ कम्पनीको सेयर मूल्य बढ्दा आज १६१ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड माथिको सेयर कारोबार भएको छ । 

सबैभन्दा धेरै युनिभर्सल पावरको ६३ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि राधि विद्युत कम्पनीको ४७ करोड ३६ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४२ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री, ग्रिन डेभलपमेन्ट बैंक र भुगोल इनर्जी गरी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । पियोर इनर्जीका लगानकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् । 

तपाईंको प्रतिक्रिया

थप खबर