नेपाल आइडलको पाँचौं संस्करण फागुन २५ देखि प्रसारण हुने

  फागुन १६, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,फागुन १६ । एपीवान टेलिभिजनबाट निर्माण तथा प्रसारण हुँदै आएको अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करण फागुन २४ देखि प्रसारण हुने भएको छ । पाँचौं संस्करणमा देशभरिबाट १ सय ५२ जना छानिएका छन् । उनीहरूले आगामी चरणका लागि प्रतिस्पर्धा गर्नेछन् ।

देशभर भएका ओपन अडिशनदेखि जज राउण्ड अडिशनका जीवन्त प्रस्तुति शृंखलाहरूमा देखाइने एपी वान टेलिभिजनले जनाएको छ । गायन प्रतिस्पर्धामार्फत आफूभित्र छरिएर रहेको प्रतिभालाई उजागर गर्ने एउटा अभूतपूर्व प्लेटफर्म नेपाल आइडल रहेको र यसले नयाँ प्रतिभाहरूलाई विशेष अवसर दिँदै आएको एपी वानले जनाएको छ ।

पाँचौं संस्करको निर्णायकमा न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका छन्। उनीहरूले यसअघि तीन संस्करणमा पनि निर्णायक रहेका थिए। त्यस्तै आसिफ साह र रीमा विश्वकर्माले नेपाल आइडलको मञ्चलाई रोचक बनाउने एपी वानले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर