मिडियाबाजी डटकम काठमाडौं, माघ १२ । नेपाली बजारमा गहुँबाट उत्पादित वस्तुको मूल्य दोब्बरले वृद्दि भएको छ । आन्तरिक उत्पादनमा कमी आएको भन्दै यही वर्षको जेठ महिनामा भारतले गहुँ निर्यातमा रोक लगाएपछि गहुँबाट उत्पादित वस्तुको बढेको हो ।
रुस–युक्रेन युद्धपछि विश्वभर गहुँको माग बढ्दा भारतले आन्तरिक खपतका लागि भन्दै निर्यातमा रोक लगाएको थियो । भारतले गहुँको निर्यात प्रतिबन्ध लगाउनुअघि नेपाली बजारमा आँटाको मूल्य प्रतिकिलो ५० रुपैयाँ थियो । तर, यति बेला आँटाको मूल्य प्रतिकिलो ८५ रुपैयाँ पुगेको छ ।
यस्तै, भारतले गहुँ प्रतिबन्ध लगाउनुअघि बजारमा मैदाको मूल्य किलोमा ५० रुपैयाँ प्रतिकिलो नै थियो । हाल मैदाको मूल्य बढेर किलोमा ९० रुपैयाँ पुगिसकेको छ ।