निलम्बित मेयरका समर्थकले गरे राजविराज नगरपालिकामा तोडफोड

  जेठ २८, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २७ ।  सप्तरीको राजविराज नगरपालिकामा निलम्बित मेयरका समर्थकले तोडफोड गरेका छन्।

आर्थिक अनियमिततासँगै प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषय लिएर चर्किएको विवादले उग्ररुप लिँदा कार्यालयमा तोडफोड भएको हो।

निलम्बित नगर प्रमुख भीमराज यादवले गत आइतबार नगरपालिकामा लगाएको ताला आज मंगलबार बिहान कार्यवाहक नगर प्रमुख इसरत परबिन नेतृत्वको जनप्रतिनिधि समूहले तोडेपछि स्थिति तनावग्रस्त भएको हो। ताला तोडिएलगत्तै परबिन समूहले शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर गराएपछि निलम्बित नगर प्रमुख यादवका समर्थकहरू तोडफोडमा उत्रिएका हुन्। उनीहरूले नै नगरपालिका भवनमा नाराबाजी गर्दै तोडफोड गरेका हुन्।

तपाईंको प्रतिक्रिया

थप खबर