निजामति विधेयकमा ‘कुलिङ पिरियड’ दुई वर्ष राख्नुपर्नेमा सांसदहरूको जोड

  बैशाख २८, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २८ ।  राज्य व्यवस्था समितिका सदस्यले  निजामति विधेयकमा ‘कुलिङ पिरियड’ दुई वर्ष राख्नुपर्नेमा जोड दिएका छन्।

समितको आजको बैठकमा उनहरुले विधेयकमा ‘निजामति कर्मचारी वा अन्य सरकारी सेवाबाट अवकाश भएको मितिले दुई वर्ष पूरा नभइ कुनै पनि संवैधानिक वा अन्य सार्वजनिक पदमा नियुक्त नपाउने व्यवस्था हुनुपर्नेमा जोड दिएका हुन्।

बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सङ्घीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ लाई समितिले पारित गर्नुपर्नेमा जोड दिए।

बैठकमा सो विधेयकको अन्तिम मस्यौदा प्रतिवेदनमाथिको छलफलमा उनले भने, “विधेयकमा अब उमेरको हदबन्दी र कुलिङ पिरियडको विषयमा पनि तपाईहरुले सहमति गर्नुपर्छ, किनभने हामीले विगतलाई हेर्ने हो भने सहमतिमा नै निर्णय गरेका छौँ ।”

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डले सो व्यवस्थालाई कम्तीमा दुई वर्ष राख्नुपर्नेमा जोड दिए।

समितिका सदस्य पदम पगरीले विधेयकमा अन्तर प्रदेश सरकारको व्यवस्था गर्नुपर्ने धारणा राखे।

तपाईंको प्रतिक्रिया

थप खबर