नागढुङ्गा सुरुङ्गमार्गको निर्माण कार्य अन्तिम चरणमा, यहि असोजमा काम सक्ने तयारी

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ११ ।   नागढुंङ्गा सुरुङ्गमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

यहि असोज महिनाभित्र नागढुंङ्गा सुरुङ्गमार्गको निर्माण सम्पन्न हुने लक्ष्य लिइएको हो । हालसम्म आयोजनाको ९४.५ प्रतिशत निर्माण कार्य सकिएको छ । नेपालकै पहिलो आधुनिक सुरुङमार्गका रुपमा उक्त आयोजना निकट भविष्यमा नै सञ्चालनमा ल्याउने तयारी रहेकोे छ ।

सुरुङमार्गमा गुड्ने सवारी साधनहरूबाट उपभोग दस्तुर सङ्कलन गरी आगामी दिनमा सो सुरुडको मर्मत सम्भार तथा संचालनका लागि आवश्यक स्रोतको दिगो व्यवस्थापन गर्ने उद्देश्य रहेको छ । गत २०८२ साउन २६ गते बसेको मन्त्रिपरिषदको बैठकबाट सुरुङ्गमार्ग उपभोग दस्तुर समेत स्वीकृत भइसकेको छ । हाल सड़क विभागले नागढुङ्गा सुरुङमार्ग संचालन, व्यवस्थापन तथा मर्मतको लागि सेवा प्रदायक परिचालन गर्न सेवा खरीद कार्यको तयारी गरिरहेको छ ।

टनेल अपरेसन एण्ड म्यानेजमेन्टका लागि सेवा प्रदायक खरिद कार्यको लागि अर्थ मन्त्रालयबाट श्रोत सहमति प्राप्त भएकोे छ । सेवा खरिद प्रक्रियाको लागि आवश्यक खरिद निर्देशिका मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ । उक्त कार्यको लागि आवश्यक नमूना बोलपत्र समेत तयार भई सार्वजनिक खरिद अनुगमन कार्यालयमा छलफलको क्रममा रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर