नाउपा छोडेर रेशम चौधरीले घोषणा गरे नागरिक उन्मुक्ति पार्टी, नेपाल

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २    नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् ।

सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै रेशमले पार्टी छोडेको घोषणा गरेका हुन् ।

यो सँग उनले नयाँ पार्टी निर्माणको घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् ।

‘आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षक मानिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद,’ उनले भने, ‘आजदेखि भने म त्यो पार्टीबाट अलग भएको छु। नयाँ संगठन निर्माणमा आजैदेखि जुटेको छु।’

निर्वाचन आयोगले अध्यक्ष रञ्जिता श्रेष्ठलाई मान्यता दिएपछि चौधरीले नाउपा छाडेर नयाँ पार्टी गठन गरेका हुन्।

तपाईंको प्रतिक्रिया

थप खबर