मिडियाबाजी डटकम काठमाडौं ,फागुन ११ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । शुक्रबार कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
उनलाई कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार उपकुलपतिमा नियुक्त गरेका थिए । यसैबीच प्रधानमन्त्री प्रचण्डले उनलाई बधाईका साथै सफल कार्यकालको कामना गरेका छन् । उपकुलपति बरालले प्रधानमन्त्रीलाई त्रिभुवन विश्वविद्यालय र यसमार्फत नेपालको उच्च शिक्षालाई सुधार गर्न आफूले प्राप्त जिम्मेवारीलाई पूरा गर्ने र कुलपतिको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा योगदान गर्ने प्रतिवद्धता जनाए ।