मिडियाबाजी डटकम काठमाडौँ, असार १२। गायक तथा संगितकार सुरज योञ्जनको नयाँ गीत “माया छ” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गायक योञ्जनको शब्द ,संगीत तथा स्वरमा तयार भएको गीतमा गायिका एन्जिल लामा लोप्चनले गायनमा साथ दिएकी छिन्।
गीतको म्युजिक भिडियोमा लक्ष्मण भुसाल र बिना राउतको आकर्षक अभिनय देख्न सकिन्छ।
नरेन श्रेष्ठले निर्देशन,सम्पादन गरेको भिडीयोमा मनिषा लामाको पटकथा लेखक रहेको छ भने श्याम महर्जन प्रबन्धक रहेका छन् । नविन पाल निर्माता रहेको यस गीतलाई ओएस आर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुस् भिडियो :