नयाँ आर्थिक वर्षको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य

  श्रावण ०२, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन १।  आर्थिक वर्ष २०८२र८३ को पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको थियो । 

यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँ बढेको छ । यसैसँगै बुधबार तोलामा २२ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार २२ सय ६५ रुपैयाँ कायम भएको छ । 

सरकारले यस आर्थिक वर्षका लागि तोकेको २ प्रतिशत विलासिता कर पनि आजबाट लागू हुनेछ । यस करको सुनचाँदी व्यवसायीले भने विरोध गर्दै आएका छन् । 

तपाईंको प्रतिक्रिया

थप खबर