धेरैतिर फर्किएकाहरुलाई वाम एकतामा ल्याउन सकिँदैन : प्रधानमन्त्री

  जेठ ०४, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ३ ।   प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचार विना धेरैतिर फर्किएकाहरुलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन् । एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकताका लागि एकता नभई सही विचारमा अरुलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर