मिडियाबाजी डटकम काठमाडौँ, असार २४ । धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ ।
गल्छी गाउँपालिका–२ केउरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिएका छन् । ‘दुईटा शव भेटिएको छ । अनुसन्धान भइरहेको छ,’ उनले भने ।