दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्बमाथिको कारोबार

  जेठ ३१, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,जेष्ठ ३१ ।  साताको कारोबारको चौथो दिन आज सेयर बजार बढेको छ । नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक ३.८२ अंकले बढेर ३८३.६९ बिन्दुमा पुगेको छ ।

नेप्सेमा कूल २७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १ करोड ७८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ । बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ६ उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर