दोहोरो अंकले घट्यो नेप्से, कारोवार रकम कति ?

  बैशाख २३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,वैशाख २३ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार १.२३ प्रतिशत अर्थात २४.५८ अंकले घटेर १ हजार ९७४.३७ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३६ प्रतिशतले घटेर ३५१.१८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा कम्पनीको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा समूह बाहेक अन्य सबै समूहमा गिरावट आएको छ । आज लघुवित्त समूह ०.१६ र निर्जीवन बीमा समूह ०.०४ प्रतिशतले बढे । आज विकास बैंक समूहमा सबैभन्दा धेरै गिरावट आएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर