देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै, ‘भिजिट भिसा काण्ड’ पनि एजेण्डा

  जेठ १३, २०८२

  मिडियाबाजी डटकम काठमाडौँ, जेठ १२ ।    सत्ता साझेदार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ।

आज (सोमबार) बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो। बैठकमा क्रियाशील सदस्यता साथै नवीकरणको अवस्थाबारे महामन्त्री गगन थापाले जानकारी गराउने कार्यसूची छ।

त्यस्तै बजेट एवं समसामयिक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । बैठकमा गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकरणमा संलग्नता आरोपका विषयमा नेताहरूले कुरा उठाउने र सभापति देउवाले जवाफ दिने कार्यक्रम छ । खासगरी कांग्रेस अहिले पार्टीका तर्फबाट गृहमन्त्री रहेका लेखकलाई लागेको भिजिट भिसा प्रकरणको आरोपका कारण अप्ठ्यारोमा छ ।

तपाईंको प्रतिक्रिया

थप खबर