देउवासँग छलफलपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

  १३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ६ ।    गभर्नर नियुक्तिको विषयमा सत्तारूढ कांग्रेस र एमालेबीच विवाद भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए। प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज (मंगलबार) छलफल भएपछि मन्त्रिपरिषद बैठक बोलाइएको हो । सोमबार देउवा भेट्न बालुवाटार नआएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक स्थगित गरेका थिए।

नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले सत्तारुढ कांग्रेस– एमालेका शीर्ष नेताहरूबीचमै अविश्वास गहिरिएको छ । गभर्नर नियुक्ति गर्ने भनिएको सोमबारको मन्त्रिपरिषद् बैठक नै प्रधानमन्त्री ओलीले स्थगित गरिदिएपछि कांग्रेस सभापति देउवा असन्तुष्ट भएका छन्। उनी प्रधानमन्त्रीले बोलाउँदा पनि सोमबार बालुवाटार गएनन ।गभर्नर नियुक्तिको प्रक्रियामा चरम राजनीति गरेका दुई दलका शीर्ष नेताहरू दुई महिनादेखि यही विषयमा अल्झिएका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर