दुई युवाले भरतपुरमा सुरु गरे मोक्षालय मल्टिप्रपोज कम्पनी, यहाँ के काम हुन्छ ?

  फागुन ०६, २०८०

मिडियाबाजी डटकम काठमाडौं ,फागुन ६ । भरतपुर महानगरपालिका वडा नं ७ कृष्णपुरमा मोक्षालय मल्टिप्रपोज प्राइभेट लिमटेडको उद्घाटन भएको छ। नेपालमै रहेर केहि गर्नु पर्छ र नेपाल मै उद्यमशीलता गर्न सकिन्छ भन्ने मुल उद्येश्यले भरतपुरका दुई युवा मिलेर मोक्षालय मल्टिप्रपोज प्राइभेट लिमटेडको सञ्चालन गरेका हुन्। भरतपुर १४ का मनिष पौडेल र भरतपुर ७ का रूपक घिमिरेले कम्पनी सुरु गरेका हुन्। हिजो कार्यक्रमका बीच उद्योग वाणीज्य संघ चितवनका अध्यक्षको सुमन कुमार श्रेष्ठले मोक्षालयमा रिबन काटेर औपचारिक उद्घाटन गरे ।

मोक्षालय मल्टिप्रपोज प्राइभेट लिमटेडले गर्ने कामहरू:
– इभेन्ट होस्ट
– इभेन्ट म्यानेजमेन्ट

– हल भाडामा
– डिजिटल विज्ञापन
– मुभि शो

साथै नृत्य, जुम्बा , एक्टिङका कक्षाहरू पनि सञ्चालनमा आउने भएको छ । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रष्ठ, भरतपुर ७ का वाड अध्यक्ष राजेन्द्र मणि काफ्ले, भरतपुर महानगर शिक्षा शाखा अधिकृत अर्जुन मडै ,सामाजिक अभियन्ता अर्जुन भुसाल , मिलेनियम मोडल कलेजका प्राचार्य ईश्वर पण्डित महिला उद्यमी सृजना सोती, रूपक घिमिरेले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सञ्चालक मनिष पौडेलले युवाहरूलाई लक्षित गरी उक्त कम्पनीमा थप अन्य कार्यहरू पनि सञ्चालनमा ल्याउने मिडियाबाजी डटकमलाई जानकारी दिए।

तपाईंको प्रतिक्रिया

थप खबर