दिल्लीकी मुख्यमन्त्री गुप्तामाथि निवासमै थप्पड प्रहार

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ४।   दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि मुख्यमन्त्री निवासमै आक्रमण प्रयास भएको छ ।

आक्रमण हुँदा यहाँ सार्वजनिक सुनुवाइ चलिरहेको थियो । मिडिया रिपोर्टका अनुसार रेखा गुप्तालाई थप्पड हानिएको छ । गुप्तामाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ । यसअघि उनलाई पक्राउ गरिएको खबर आएको थियो ।

दिल्ली भाजपाका प्रवक्ता प्रवीण शंकर कपूरले भने, ‘एक ३५ वर्षीय व्यक्ति सार्वजनिक सुनुवाइमा आए । उनले मुख्यमन्त्रीलाई केही कागजात दिए । त्यसपछि केही झगडा भयो । उनले आक्रमण गर्ने प्रयास गरे । यो हताश भएको कुनै पनि पार्टीको काम हुन सक्छ ।’

रेखा गुप्ता २० फेब्रुअरी २०२५ मा दिल्लीको मुख्यमन्त्री बनेकी हुन् । दिल्ली विधानसभा चुनावमा उनले आपकी वन्दना कुमारीलाई २९,५९५ मतले पराजित गरेकी थिइन् । रेखा लामो समयदेखि राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) सँग सम्बन्धित छिन् । मुख्यमन्त्री बन्नुअघि उनी दिल्ली भाजपाको महासचिव र भाजपा महिला मोर्चाको राष्ट्रिय उपाध्यक्ष पनि रहेकी थिइन् ।

तपाईंको प्रतिक्रिया

थप खबर