दिन दिनै सुनको मूल्यमा बन्दै नयाँ रेकर्ड, मंगलबार प्रतितोला कति ?

  १८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र १७।  नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

पछिल्लो केहि दिन यता सुनको मूल्यले निरन्तर उचाई कायम गर्दै आइरहेको हो ।

आज सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

आज चाँदीको भाउ पनि किर्तीमानी उचाईमा पुगेको छ । चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४८५ रुपैयाँ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर