मिडियाबाजी डटकम काठमाडौं,साउन ५ । दाङको तुलसीपुरमा ७३ वर्षीया वृद्धा महिलालाई बस भित्र सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका २० वर्षीय रेशम विक रहेका छन् ।
उनीहरुले बिहीबार राति तुलसीपुर–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र लगेर बलात्कार गरेको आरोप छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।