दाउन्नेमा सडक भासियो, कालीगण्डकी करिडोर पनि बन्द

  असार २५, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार २५ ।  महेन्द्र राजमार्ग अन्तर्गत दाउन्नेमा सडक भासिएका कारण अहिले बिहान साढे ५ बजेदेखि बाटो अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय परासीका अनुसार बर्दघाटबाट पूर्व खुर्सानी खोला नजिक राजमार्ग केही भासिएको हो ।

सडक भासिएको स्थानमा लु १ ख ५८२७ नम्बरको ट्रक फसेको पर्साका डिएसपी वीरदत्त पन्तले बताए । घटनास्थलमा उद्धारका लागि घटनास्थलमा प्रहरी पठाइएको छ । महेन्द्र राजमार्गको बर्दघाटतर्फको खण्डमा सडक भासिएको हो । त्यहाँ पूर्वपश्चिम हिँडेका सैयौं सवारी साधन रोकिएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर