मिडियाबाजी डटकम काठमाडौँ, आश्विन १८ । साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।
गएराती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए ४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौंमै फर्किएको हो ।
जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि टिकासमा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्किएको जनाईएको छ । उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौंमा अवतरण गरेको थियो ।