त्रिपाठीमाथि आक्रमणको विरोधमा कालोपट्टी बाँधेर वकिलहरूको प्रदर्शन

  माघ ०६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ ६ ।  कानुन व्यवसायीहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोधमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । सर्वोच्च बार एशोसिएसनको अगुवाइमा कानुन व्यावसायीहरूले नेपाल बार एशोसिएशनको प्राङ्गणमा विरोध प्रदर्शन गरेका हुन् ।

कानुन व्यवसायीहरूले घटनामा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन् । विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जोसुकैलाई पनि अधिकार रहेको भन्दै कानुन व्यवसायीहरूले सरकारसँग सुरक्षाको समेत माग गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर