मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १८ । तोलाको दुुई लाख नजिक पुगेको सुनको भाउ आज (बिहीबार) ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य तोलामा ४,६०० रुपैयाँ घटेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको छ । गएको सोमबार सुन तोलामा १४ सय रुपैयाँ घटेको थियो भने मंगलबार पाँचसय रुपैयाँले बढेको थियो। गत साताको मंगलबार सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।