तीनकुनेमा तीन वटा गाडी ठोक्किँदा एक महिलाको मृत्यु

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २५।    कोटेश्वर तीनकुने चोकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हो ।

तीनकुनेस्थित मुनिभैरव मन्दिर अगाडि कोटेश्वरबाट बानेश्वरतर्फ आउँदै गरेको बिहीबार बिहान ६ बजेर ३५ मिनेटमा बा ३ ख ७०६२ नम्बरको बसले बा प्र०१–०२६ च २९२७ को मारुती भ्यानलाई ठक्कर दिएको थियो। भ्यानले बा प्र ०२–०५३ प ३८४७ नम्बरको २२ सीसीको पल्सरलाई ठक्कर दिएको हो । भ्यानको ठक्करबाट मोटरसाइकल पछाडि बसेकी तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर