तनाव रोक्न र शान्तिको बाटो रोज्न इजरायल र इरानलाई संयुक्त राष्ट्र संघको आग्रह

  जेठ ३२, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ३१ ।  संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इरान र इसराइललाई ‘तनाव नबढाउन र शान्तिको बाटो रोज्न’ अपिल गरेका छन्।

उनले सामाजिक सञ्जाल एक्समा एक सन्देश सार्वजनिक गर्दै दुई देशले शान्ति र कुटनीतिक मार्ग अवलम्बन गर्न आग्रह गरेका हुन्। ‘इसराइलद्वारा इरानका आणविक केन्द्रहरूमा आक्रमण, जवाफमा इरानद्वारा तेल अवीवमा प्रक्षेपास्त्र प्रहार, अब धेरै भइसक्यो। अब यसलाई रोक्ने बेला आएको छ। शान्ति र कूटनीतिक मार्ग अवलम्बन गरिनु पर्छ,’ उनले भनेका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर