मिडियाबाजी डटकम काठमाडौं ,फागुन ११ । डोल्पामा रहेको जुफाल विमानस्थल फागुन १६ गतेदेखि बन्द हुने भएको छ । विमानस्थलको धावन मार्गको मर्मतका लागि फागुन १६ गतेदेखि चैत्र १६ गतेसम्म बन्द गर्न लागिएको हो ।
यसका लागि नागरिक उड्डयन प्राधिकरणले डोल्पा कार्यालयलाई सूचना पठाइसकेको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालका प्रमुख अमित चौरासियाले जानकारी दिए ।
माघ २९ गते ठुलिभेरी नगरपालिका जुफालमा नगर प्रमुख सुवर्ण बुढाको अध्यक्षतामा बसेको बसेको जिल्लास्थित सरोकारवाला निकायको बैठकले विमानस्थल बन्द गर्नका लागि नागरिक उड्डयन प्राधिकरण काठमाडौंलाई सिफारिस गरिएको थियो ।