मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १७। सर्वोच्च अदालतले पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न डिल्लीबजार कारागारलाई पत्र लेखेको छ । सहरजिष्टार अच्युत कुइकेलले रेशम चौधरी पक्राउ गर्न सर्वोच्चबाट लेखिएको पत्र आधिकारिक नभएको स्पष्ट पारेका छन् ।
अदालतले यसअघि पठाएको पत्र आधिकारिक नभएको भन्दै त्यसलाई कार्यान्वय नगर्न नयाँ पत्र पठाएको हो । पक्राउ परेका चौधरीलाई तत्काल थुनामुक्त गरिदिन अनुरोध गरेको छ । पत्रमा भनिएको छ, ‘अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिती २०८२।१।१७ मा कैदमा राख पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाँउपालिका वडा नं. ६ घर भएका लालविर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद ÷ थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।’