टेन्ट टाँगेर सर्वोच्चको सेवा सुरु

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २ सर्वोच्च अदालतले परिसरमा टेन्ट टाँगेर आफ्नो काम थालेको छ ।

सर्वोच्चले आफ्नो परिसरमा पाल टाँगेर प्रशासनिक र इजलास अघि बढाउनेगरी काम सुरु गरेको हो । तर आइतबार सुनुवाइ भने एउटा पनि हुन सकेन ।

जेनजी आन्दोलनका क्रममा मंगलबार काठमाडौंमा भएको तोडफोड र आगजनीका क्रममा सर्वोच्च अदालतको भवन ध्वस्त भएको थियो । सर्वोच्च अदालतका अनुसार अन्नपूर्ण न्यूरो अस्पताल अगाडिपट्टि बनिरहेको भवनमा समेत इजलास सञ्चालनको सम्भावनावारे अध्ययन भइरहेको छ ।

त्यसैगरी अब सर्वोच्च अदालतमा सुनुवाइ कसरी गर्ने भन्ने विषयमा पनि अन्यौल छ। सर्वोच्चसँग अहिले विकल्पको रूपमा एनेक्स भवन छ। तर त्यहाँ सबै इजलास बस्नसक्ने अवस्था छैन।

त्यस्तो अवस्थामा सर्वोच्च अदालत परिसरसँगै जोडिएको नयाँ भवन निर्माणाधीन छ। उक्त भवनको निर्माण सम्पन्न भइसकेको छैन।

तपाईंको प्रतिक्रिया

थप खबर