मिडियाबाजी डटकम काठमाडौँ, असार २९ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा ३२ खेलाडी बोलाएको छ ।
प्रशिक्षक स्टुअर्ट लले आउँदो अक्टोबरमा ओमानमा हुने छनोटका लागि पहिलो चरणमा ३२ खेलाडी बोलाउँदा आदिल अन्सारीलाई पनि टोलीमा स्थान दिएका छन् ।
यसअघि वैशाखमा क्रिकेटर मोहमद उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी लगाएको प्रतिबन्ध फुकुवा भएको थियो । क्यानको इन्टीग्रिटी समितिले आवश्यक प्रक्रिया पूरा गरी उनको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्दै प्रतिवेदन दिएको थियो । समितिको प्रतिवेदनपछि क्यानले उनको प्रतिबन्ध फुकुवा गरेको हो ।