टिपरकाे ठक्करबाट धनुषामा माेटरसाइकल चालककाे ज्यान गयाे, स्थानीयवासीले टिप्परमा आगाे लगाए

  असोज १०, २०७८

असोज १० महोत्तरी / धनुषामा टिपरले ठक्कर दिँदा माेटरसाइकल चालककाे ज्यान गएपछि स्थानीयवासीले टिपरमा आगजनी गरेका छन ।
जनकपुरधामकाे पिडारी चाेकमा ढल्केवर आइरहेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक भारतीय नागरिक आनन्द किशोर दासको ज्यान गएकाे हाे ।

ठक्करबाट गम्भीर घाइते भएका दासको उपचारका क्रममा केहीबेर अघि आज आइतवार बेलुका ज्यान गएकाे प्रहरीले जनाएको छ । आज दिउँसो ना ७ ख ४७४८ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर