मिडियाबाजी डटकम काठमाडौं, मंसिर १ । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीरका लागि पहिलो पेशी तोकेको हो ।
प्रारम्भिक सुनुवाईको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुनेछ ।