टप एण्ड टी–२० सिरिज : नेपालले पहिलो खेल एनटी स्ट्राइकसँग खेल्दै

  श्रावण ३१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन ३० ।  नेपालले अस्ट्रेलियाको डार्बिनमा सुरू भएको टप एन्ड टी–२० क्रिकेट सिरिजमा आज (शुक्रबार) पहिलो खेल खेल्दैछ ।

घरेलु टोली नर्दन टेरिटोरीसँग नेपालले पहिलो खेल खेल्न लागेको हो । यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ मा सुरू हुनेछ ।

नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् । सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोलीसँग सहभागी छन् ।

सिरिजमा नेपालले शनिबार बंगलादेश ‘ए, सोमबार मेलवार्न स्टार्स एकेडेमी, बुधबार मेलवर्न रेनेगेड्स एकेडमी र अर्को शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ ।

यही वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाल अस्ट्रेलियामा छ ।

तपाईंको प्रतिक्रिया

थप खबर