मिडियाबाजी डटकम काठमाडौँ, असार २४ । साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ०.१४ अंकले बढेर २६८३.८६ को विन्दुमा कायम भएको छ ।
नेप्सेमा यसदिन ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड माथिको सेयर कारोबार भएको छ ।
आज बुटवल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.२१ प्रतिशतका दरले कमाएका हुन् । यसैगरी पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ५.९६ प्रतिशतका दरले कमाए ।
आज सर्वाधिक गुमाउनेमा रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।