मिडियाबाजी डटकम काठमाडौँ भाद्र २७ । सेयर बजार असोज २ गतेसम्म बन्द रहने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले एक सूचना जारी गर्दै असोज २ गते सेयरबजार बन्द रहने जानकारी दिएको हो ।
‘नेप्सेले धितोपत्र ऐन २०६३ को दफा ९० (१) घ बमोजिम धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएअनुसार उक्त अवधिका लागि सेयरबजार बन्दको निर्णय गरेको जनाएको छ ।