जेठ १५ को जनप्रदर्शन सफल पार्न एमाले नेताहरूको जिम्मेवारी बाँडफाँट

  जेठ १३, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १२ । सत्तारुढ नेकपा एमालेले जेठ १५ गते आयोजना गर्ने जनप्रदर्शनलाई सफल पार्न नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ।

आज बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेलामा पार्टीको शक्ति परिचालन गर्नका लागि नेताहरूको जिम्मेवारी बाँडफाँट गरिएको हो। महासचिव शंकर पोखरेलका अनुसार गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीहरूले फैलाएका भ्रम चिर्नका लागि जनप्रदर्शनको तयारी गरिएको हो। जनसंगठनका अध्यक्ष, इचार्ज र काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरूको भेलामा महासचिव पोखरेलले नेताहरूको जिम्मेवारी बाँडफाँटको जानकारी गराएका हुन्।

पोखरेलका अनुसार काठमाडौं जिल्लाबाट व्यापक मात्र जनमानस परिचालन गर्नका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । जनसंगठनहरूको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ । विष्टलाई सबै जनसंगठनका इन्चार्जहरूले सघाउने छन्।
एमालेमा ठूलो जनाधार भएको संगठनको रुपमा रहेको सम्पर्क समन्वयको संयोजनको जिम्मेवारी विभिन्न भूगोल अनुसार फरक–फरक नेताहरूलाई दिइएको छ। जसअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट, बागमती प्रदेशका जिल्लाको जिम्मा उपमहासचिव प्रदीप ज्ञवालीलाई दिइएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर