जापानी प्रविधियुक्त फुट बाथ थेरापी अब काठमाडौंमा — सञ्चालक उत्सव सुब्बा लामाको नयाँ पहल स्वास्थ्यमा क्रान्ति

  ११ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १ ।   स्वास्थ्यलाई प्राकृतिक, सुरक्षित र आरामदायी तरिकाले सुधार गर्ने उद्देश्यसहित फुट बाथ थेरापी सेन्टर प्रा.लि. सञ्चालनमा आएको छ ।

सोह्रखुट्टे (फलफूलचोक), काठमाण्डौ र ग्रान्डी हस्पिटल गेट (टोखा रोड)मा शाखा विस्तार भएको यो सेन्टरलाई सञ्चालक उत्सव सुब्बा लामाले आधुनिक प्रविधि र परम्परागत उपचारको समिश्रणका रूपमा प्रस्तुत गरेका छन् ।

यस सेन्टरमा प्रयोग गरिएको जापानी प्रविधियुक्त फुट बाथ थेरापीले पैतालाबाट शरीरभित्रको विषाक्त पदार्थ (टक्सिन) बाहिर निकाल्ने कार्य गर्दछ । थोरै समयमै शरीरलाई हलुका, ताजा र ऊर्जावान् बनाउने यो उपचारले पछिल्लो समय निकै लोकप्रियता पाइरहेको छ ।
उपचारका मुख्य फाइदा

-मधुमेह (सुगर), उच्च वा न्यून रक्तचापमा सहयोग
-जोर्नी दुखाइ, थकान, अनिद्रामा राहत
-ब्लड सर्कुलेशन सुधार
-ऊर्जा र प्रतिरोधात्मक क्षमता (इम्युनिटी) वृद्धि
-पैताला पोल्ने, झम्झमाउने समस्या, नसासम्बन्धी समस्या समाधान
-महिनावारी गडबडी लगायतका स्वास्थ्य समस्या नियन्त्रण

सञ्चालक उत्सव सुब्बा लामाका अनुसार,
“फुट बाथ थेरापी प्राकृतिक विधि भएकाले यसमा कुनै साइड इफेक्ट छैन । ३० मिनेटको एक सेसनले नै शरीरमा नयाँ ताजगी, स्फूर्ति र सहजता अनुभव गर्न सकिन्छ । हामीले सबै उमेरका मानिसका लागि सुरक्षित वातावरण तयार पारेका छौं,” उनले बताए ।

सहज पहुँच र सम्पर्क
सोह्रखुट्टे (फलफूलचोक), काठमाडौं — 9849208899
ग्रान्डी हस्पिटल गेट (टोखा रोड) — 9765057469

अब स्वास्थ्य समस्यामा चिन्ता लिनुपर्दैन । फुट बाथ थेरापी सेन्टर प्रा.लि. मा आएर ३० मिनेटमै आफूलाई टक्सिन–फ्री, ताजा र ऊर्जावान् बनाउनुहोस् ।

तपाईंको प्रतिक्रिया

थप खबर