मिडियाबाजी डटकम काठमाडौं,पौष १८। जनता समाजवादी पार्टी जसपा नेपालको राजनीतिक समितिको बैठक आज सोमबार बस्दैछ बैठक भोलि मंगलबारसम्म चल्ने सो दलले जनाएको छ ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, चुनावको समीक्षा, विधान अधिवेशन, सरकारको न्युनतम साझा कार्यक्रम, सरकारमा सहभागिता र दलहरुसँग एकताका लागि वार्ता समिति गठन लगायतका विषयमा छलफल हुने बताइएको छ । दलको कार्यकारिणी समितिको बैठकले तय गरेका एजेण्डाहरुमा राजनीतिक बैठकमा निर्णय हुने सो दलका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।