जलविद्युतको शेयर निष्काशन रोकिएको सुनें, रोक्नु हुँदैन : सभापति देउवा

  असार ३१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार ३१ ।  सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनु पर्ने बताएका छन् ।

आज (मंगलबार) काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लगानीका लागि आउने जोसुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनु पर्ने उनले बताएका छन् ।

उनले लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने बताए । उनले उत्पादित विद्युतको खपत र व्यापार गर्ने दायित्व सरकारको भएको पनि उल्लेख गरे । यसका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनु जरूरी रहेको बताए । जलविद्युत आयोजनाहरूको आइपीओ निष्कासन रोक्नु गलत भएको र धितोपत्र बोर्डले चाँडै शेयर निष्काशन गर्ने उनले बताए । उर्जा क्षेत्र नेपालमा प्रकृतिले दिएको सम्पती भएको उनको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

थप खबर