जयवीरविरुद्ध ‘स्टाटस’ लेखेका राप्रपा नेता धरौटीमा रिहा

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ११ ।  सत्तारुढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणाका छोरा जयवीरसिंह देउवाको जाहेरीमा थुनिएका राप्रपाका युवा नेता सुजित केसी धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छोडेको हो । देउवापुत्रले हिल्टन होटल खरिद गरेको स्टाटस लेखेपछि उनीविरुद्ध जाहेरी परेको थियो । आज भएको थुनछेक बहसमा न्यायाधीस विष्णुप्रसाद अवस्थितको इजलासले आज उनर्ला धरौटीमा छोड्ने आदेश गरेको हो ।

केसीको तर्फबाट नेपाल बारका पूर्व अध्यक्ष गोपालकृष्ठा घिमिरे, वरिष्ठ अधिवक्ता राजु बस्नेत, नेपाल बारका महासचिव केदार कोइराला लगायतले बहस गरेका थिए । देउवापुत्र जयवीरले केसीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा निवेदन र किटानी जाहेरी दिएका थिए । सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोवार अन्तर्गत अभियोगपत्र दर्ता गरेको थियो । सोही आधारमा केसीलाई प्रहरीले पक्राउ गरी म्याद थपेर हिरासतमा राखेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर